२३ बैशाख २०८१, आइतबार

सांसद सरिता गिरि विवादमा,एकहप्ताभित्र कारबाही गर्न राष्ट्रिय युवा संघको माग

प्रकाशित मिति :  10 June, 2020 8:49 am


काठमाडौं, २८ जेठ ।

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरि विवादमा तानिएकी छन् । सञ्चार माध्यममा लिम्पियाधुरा नेपालको भूभाग होईन भनेर अन्तर्वार्ता दिएपछि उनको समाजिक सञ्जाल,संसद र सार्वजनिक रुपमा आलोचाना भईरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले समेत विज्ञप्ति निकालेर सांसद गिरीले विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सीमानाको सुरक्षा विपरित दिएको भन्दै कारबाही प्रकृया अगाडि बढाउन माग गरेको छ ।

संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै गिरिलाई संसदबाट तत्काल फिर्ता बोलाउन जनता सामाजवादी पार्टीलाई समेत संघले आग्रह गरेको छ । संघले भनेको छ,‘यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्बन्धित राजनीतिक दललाई गम्भीरतापूर्वक अनुरोध पनि गर्न चाहान्छ ।’

सांसद गिरिका विरुद्धमा संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई संघले गम्भीरतापूर्वक लिने भन्दै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयं गिरि र सम्बन्धित दल हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई स्मरण गराउन चाहान्छौं ।’

संघले संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने सपथ खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चार माध्यममा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको संघको ठहर छ ।

संसद गिरिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको संगठनले ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !