२२ मंसिर २०८२, सोमबार

स्याङ्जामा ट्याक्टरको ठक्करबाट एक महिला घाइते, थप उपचारका लागि पाल्पा रिफर

प्रकाशित मिति :  4 May, 2025 5:23 pm


स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीका अनुसार आज बिहान ११ः५० बजेतिर कालिगण्डकी गाउँपालिका–५ कट्टीस्थित मिर्मि–भुस्तुङ भित्री सडकखण्डमा लु.४ त. ३७९० नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा मिर्मिबाट भुस्तुङतर्फ जाँदै गरेको लु.९४ प. ९४५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार कालिगण्डकी गाउँपालिका–४ घरीपोखरा निवासी ३५ वर्षीया भगवती पाण्डे घाइते भएकी हुन्। उनलाई तत्कालै कालिगण्डकी अस्पतालमा सामान्य उपचार गरिएको र थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनामा पाण्डेको टाउकोमा चोट लागेको छ। दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !