४ जेष्ठ २०८२, आइतबार

युद्ध सुरू भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु

प्रकाशित मिति :  7 May, 2025 11:22 am


काठमाडाैँ । अक्टोबर ७, २०२३ मा इजरायलको सैन्य आक्रमण सुरू भएदेखि गाजा पट्टीमा १६ हजार भन्दा बढी बालबालिका मारिएका छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूसँगको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हम्सले भने कि मृत्यु हुनेको संख्यामा १६ हजार २ सय ७८ बालबालिकाहरू समावेश छन् । जसमध्ये ९०८ शिशु र ३११ नवजात शिशुहरू जन्मेपछि मरेका थिए । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा एक पत्रकार सम्मेलनमा अल–हम्सले उक्त बयान दिएका हुन् ।

उनले मार्चको सुरुमा इजरायलले क्रसिङहरू बन्द गरेदेखि मानवीय अवस्था उल्लेखनीय रूपमा बिग्रिएको र आवश्यक स्वास्थ्य सेवाहरू अवरुद्ध भएको कुरामा जोड दिए । यसले हजारौं बालबालिका र गर्भवती महिलाहरूलाई चिकित्सा सेवामा पहुँचबाट वञ्चित बनाएको छ । जसले गर्दा संकट अझ बढेको छ ।

इजरायलीले पूर्वाधारलाई लक्षित गरेको र सहायता अस्वीकार गरेको कारण धेरै बालबालिकाहरू दिनको एक अपूर्ण खानामा बाँचिरहेका छन् । सफा पिउने पानी र उचित पोषणको सिमित पहुँच छ ।  अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा ५२ हजार भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा मार्च १८ मा इजरायलले गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेदेखि लगभग २ हजार ५ सय जनाको मृत्यु भएको छ । 



प्रतिक्रिया दिनुहोस !