बिहीबार कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 8 May, 2025 10:56 am
काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९१ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ६०० रूपैयाँले बढेर एक लाख ९२ हजार २०० रूपैयाँ पुगेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर एक हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ ।








