४ जेष्ठ २०८२, आइतबार

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रकाशित मिति :  9 May, 2025 10:14 am


काठमाडौं । भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार (हिजो) भारतको उत्तरी राज्य उत्तराखण्डमा स्थित गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेहरूहरुमा सबै पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !