प्रेस चौतारी नेपाल गढवा र राजपुरमा शाखा समिति गठन

दाङ । प्रेस चौतारी नेपालले दाङ जिल्लाभित्र दुई छुट्टाछुट्टै स्थानमा शाखा समिति गठन गर्दै आफ्नो संगठन विस्तार गरेको छ। शनिबार गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सम्पन्न अधिवेशन तथा भेलाले नयाँ कार्यसमिति चयन गरेका छन्।

गढवामा आयोजित भेलाले सनोजकुमार यादवको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष सौकाद अली, सचिव माधवी सार्की, कोषाध्यक्ष रोहित कुमाल तथा सदस्यहरू समिर बिक, मनिषा नेपाली र बसिम खान चयन भएका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नवगठित समितिलाई बधाई दिँदै संगठनको दायित्व, उद्देश्य र भूमिकाबारे प्रकाश पारे ।
प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं क्षेत्र नं. १ की ईञ्चार्ज शान्ता चौधरीले प्रेस चौतारीले पार्टी तथा सरकारका जनपक्षीय कामलाई जनतासम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । उनले एमालेमाथि भइरहेका प्रहारहरूलाई संगठनले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
विशिष्ट अतिथि एमाले केन्द्रीय सदस्य साजिदा सिद्धिकीले मिसन ०८४ अन्तर्गत जनसमर्थन बढाउने कार्यमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
एमाले लुम्बिनी प्रदेश समिति सदस्य सुरामणी बेल्बासे, जिल्ला कमिटी उपसचिव सिता चौधरी, गढवा गाउँ कमिटी अध्यक्ष खिम बहादुर बुढालगायत नेताहरूले समेत शुभकामना मन्तव्य राखेका थिए।
उक्त अवसरमा नेपाल उद्योग व्यवसायी महासंघ गढवा कमिटीको समेत गठन गरिएको थियो । जसमा शेरप्रसाद जैशी अध्यक्ष, योगेश घिमिरे उपाध्यक्ष, सागर बस्नेत सचिव तथा सोमप्रसाद चौधरी, चेत बहादुर दर्लामी, पासाङ तामाङ, अभिषेक पौडेल र सेवक जिसी सदस्य चयन भएका छन् ।
यता प्रेस चौतारी नेपाल राजपुर गाउँपालिकाको दोस्रो अधिवेशन पनि आज राजपुरमा सम्पन्न भएको छ। संयोजक अरुण नेपालीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेत प्रमुख वक्ताका रूपमा सहभागी थियाे ।

वक्ताहरूले सञ्चारमार्फत दुर्गमका जनताको आवाज बुलन्द पार्न प्रेस चौतारीले जनमुखी भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । प्रमुख वक्ता बस्नेतले सूचनाको पहुँचबाट टाढा रहेका नागरिकका लागि प्रेस चौतारीले सूचना सेतुको रूपमा कार्य गर्नुपर्ने बताए ।
प्रमुख अतिथि गणेश आचार्यले स्थानीय सामाजिक र विकास निर्माणका गतिविधिहरू सञ्चारमार्फत उजागर गर्नु आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस चौतारी लुम्बिनी प्रदेशकी सचिव निता चौधरी, एमाले राजपुरका सचिव अमरराज गिरी, मुक्ति समाजका अध्यक्ष मोहनलाल विक, वडा सदस्य भिम कुमारी सुनारलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनले अरुण कुमार नेपालीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ। जसमा उपाध्यक्ष भिमकुमारी सुनार, सचिव कैलाश भण्डारी, कोषाध्यक्ष रामअवतार यादव तथा सदस्यहरू राजन वली, अरुण चौधरी र गोमा अधिकारी रहेका छन् ।