२१ मंसिर २०८२, आइतबार

भारतमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

प्रकाशित मिति :  13 May, 2025 10:44 am


काठमाडाैँ ।भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

१४ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । राज्यको राजधानी रायपुर नजिकै दुर्घटना भएको थियो । पीडितहरू आफ्ना एक आफन्तको घरमा आयोजित कार्यक्रममा भाग लिएर घर फर्किरहेका थिए ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले मिडियालाई बताएअनुसार हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ ।

राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरेका छन् । 



प्रतिक्रिया दिनुहोस !