१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजबाट सुरु

प्रकाशित मिति :  14 May, 2025 6:06 am


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ।

प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक गरिएको सम्भावित कार्यसूचीअनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।

सो अवसरमा विभिन्न दलका तर्फबाट माननीय सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने कार्यक्रमसमेत तय गरिएको छ।

प्रदेश सभाको यस अधिवेशनलाई महत्वपूर्ण मानिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

चालु अधिवेशनमार्फत् प्रदेश सरकारको विकास योजना, बजेट निर्माण प्रक्रिया र अन्य विधेयकहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !