१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन

महिलामैत्री, नागरिकमैत्री बजेट ल्याउन कांग्रेसको आग्रह

प्रकाशित मिति :  14 May, 2025 2:51 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले सरकारले महिला परिषद् गठन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा समेट्न माग गरेकी छन् ।

उनले गत वर्ष सरकारले ‘पहिला आत्मनिर्भर महिला’ भन्ने नीति घोषणामात्रै गरे पनि व्यवहारमा लागू गर्न नसकेको भन्दै यस वर्ष व्यवहारिक र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन् ।

ढकालले मातृमृत्यु र बालमृत्यु दर बढ्दै गइरहेको तथ्याङ्कको हवाला दिँदै स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने यथार्थपरक र नागरिकमैत्री बजेट ल्याउन आग्रह गरिन् । ”अझै मौलिक हकका रूपमा शिक्षा र स्वास्थ्यमा जनताको पहुँच पुगेको छैन,’ उनले भनिन्, ‘घरघरमै पुग्ने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।”

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्यटनमैत्री बजेट ल्याउनुपर्नेमा पनि उनले जोड दिइन् । उनले बजेट ल्याउँदा केवल आकर्षक घोषणामात्रै नभई कार्यान्वयन गर्न सकिने यथार्थ बजेट प्रस्तुत गर्न सरकारलाई आग्रह गरिन् ।

”प्रदेश सरकारको ध्यान अझै युवाप्रतिको योजनामा केन्द्रित हुन सकेको छैन,” ढकालले भनिन्, ”महिला परिषद् र युवा परिषद् गठन गर्ने विषय नीति तथा कार्यक्रममा राखिनुपर्छ, यसतर्फ सरकार गम्भीर बन्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !