२० मंसिर २०८२, शनिबार

स्याङ्जामा ‘समुदाय खोज तथा उद्धार’ कार्यक्रम सम्पन्न, ३० स्थानीयलाई ज्ञान र सीप प्रदान

प्रकाशित मिति :  14 May, 2025 2:52 pm


काठमाडाैँ । गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा सञ्चालित ‘समुदाय खोज तथा उद्धार’ कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ।

तीन दिनसम्म सञ्चालन गरिएको यो कार्यक्रम हिजाे गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म, बागलुङको सहकार्यमा वैशाख २८ गतेदेखि सुरू गरिएको प्रशिक्षण कार्यक्रममा विपद् प्रतिकार्यसम्बन्धी विभिन्न विधि र कलाहरूको प्रदर्शन गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायका ३० जना सहभागीलाई विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै कार्यक्रममा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। कार्यक्रमको उद्देश्य विपद् स्थितिमा स्थानीय तहमै तत्कालीन उद्धार कार्यको तयारी अभिवृद्धि गर्नु रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !