२४ बैशाख २०८१, सोमबार

जागिरे पृष्ठभूमिका अर्थ मन्त्री खतिवडाले भने,‘राजनीति अलि निर्दयी र क्रुर हुन्छ भन्ने अनुभव हुँदैछ ’

प्रकाशित मिति :  10 June, 2020 3:50 pm


काठमाडौं, २८ जेठ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अलि राजनीति निर्दयी र अलि क्रुर हुन्छ भन्ने सुनेको र त्यो अनुभव हुन थालेको बताएका छन् ।

प्रतिनिधि सभामा आज अर्थ विधेयकका विषयमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडा आज अलि फरक शैलीमा प्रस्तुत भएका हुन् ।

बजेट अघि नै विद्युतीय गाडि छुटाएको, निश्चित व्यवसायिक घरानासँग मिलेर कर छुट गरेको निरन्तर आरोप लागेपछि जागिरै पृष्ठभूमिबाट अर्थमन्त्री खतिवडाले भने,‘राजनीति अलि निर्दयी हुन्छ भन्थे, अलि क्रुर हुन्छ भन्ने अनुभव हुँदैछ । सम्भवतः इमान्दारिताको परीक्षण पनि हुँदै छ ।’

कहिलेकाही छिटा लगाउन खोजिएको भन्दै अर्थमन्त्री खतिवडाले भने ,‘ त्यसमा मेरो इमान्दारितालाई प्रष्ट गर्नलाई संसद होईन, भित्रमात्रै होईन बाहिरपनि होईन सधै सधैका लागि मेरो सार्वजनिक जीवनमा मेरो भोलीपनि हेर्नुभए हुन्छ । यसबाट म विमुख छैन हुने छैन । संसदलाई म विश्वास दिलाउन चाहन्छु ।’

आफूलाई राम्रोसँग चिन्ने सांसदले समेत अमुक व्यवसायिक घरानासँग जोडेर कुरा उठाएको भन्दै गुनासो गरे । उनले भने,‘मेरो इतिहास थाहा पाउने माननीय मेरो मित्र साथीले पनि यो कुरा उठाउनुभयो । सायद राजनीतिक रुपमा फरक धारमा मात्र भएर हो भनेर बुझेको छु अन्यथा उहाँले मलाई राम्रोसँग चिन्नुहुन्छ ।’

अर्थमन्त्री खतिवडाले अहिलेसम्म आफ्नो दुइदशक लामो राजनीतिक जीवनमा कुनै व्यवसायीक घरानाका लागि काम नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाए । उनले भने,‘ मुलुकको आर्थिक हितको लागि काम गर्ने हो । यो कुरा मेरो जीवन पर्यन्त रहने कुरा हो । म यो विश्वास दिलाउन चाहन्छु ।’ उनले पटक पटक अरुको व्यवसायिक निष्ठालाई व्यवसायिक घरनासँग नजोड्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !