१७ बैशाख २०८१, सोमबार

कृषि मन्त्रीलाई कृषककाे गुनासाे, ‘सहकारीले अनुदानकाे मल व्यापारीलाई दिए, आपूर्ति सुधारियाेस्’

प्रकाशित मिति :  10 June, 2020 5:41 pm


काठमाडाैं, २८ जेठ । 

साना किसानहरूकाे संस्था राष्ट्रिय कृषक समूह महासंघले अनुदानकाे वितरणमा समस्या रहेकाे बताएकाे छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालसँगकाे भेटमा महासंघ अध्यक्ष नवराज वस्नेतले सहकारीले अनुदानकाे मल व्यापारीलाई बेचेर कमिसन लिने गरेकाे गुनासाे गरेका हुन् ।

‘कतिपय सहकारीले ब्यापारीहरूलाइ अनुदानकाे मल दिने र केही कमिसन खाने गरेकाे पनि पाएका छाै, आपूर्ति र वितरण प्रणालीमा सुधार गर्नुपर्ने देखिएकाे छ,’ मन्त्री भूसालसँगकाे भेटमा महासंघ अध्यक्ष बस्नेतले भने ।

महासंघले मंगलबार कृषि मन्त्री भूसालसँगकाे भेटमा विभिन्न ७ मुख्य विषयमा छलफल भएकाे जनाएकाे छ । सरकारले प्रश्तुत गरेको आगामि वर्षको नीति कार्यक्रम र बजेटबारे महासंघको समिक्षा, बजेटमा छुटेका विषय र तहगत सरकारको समन्वय र बजेट कार्यान्वयनको सन्दर्भ र साना किसानको सवालमा छलफल भएकाे हाे ।

हरेक वर्ष कुनै न कुनै रूपमा मलकाे आपूर्तिमा समस्या देखिदै आएकाे गुनासाे गर्दै महासंघले अनुदानकाे मलकाे वितरण प्रणााली सुधार गर्न र समयमा मलकाे उपलब्धताकाे व्यवस्था मिलाउन भनेकाे छ । सरकारले कृषक समूहलाई स्थायी लेखा नम्बर अनिवार्य गरिने ब्यवस्था गरेकाे प्रति आपत्ति जनाउदै महासंघले यसकाे खारेजीकाे माग गरेकाे छ ।

कृषि कार्यक्रमको प्रभावकारीता अनुगमनको लागि संयन्त्र निर्माण र अनुमगनमा महासंघकाे संलग्नताकाे माग गरिएकाे छ । कृषि एेन यथासक्य निर्माण हुनुपर्ने लगाएतका विषयमा छलफल भएकाे अध्यक्ष बस्नतेले बताए । महासंघले बजेट र कृषिसँग सम्बन्धित प्रतिवेदन कृषि मन्त्री भूसाललाइ हस्तान्तरण गरेकाे छ ।

मन्त्री भूसालले कृषकका समस्या मन्त्रालयकाे उच्च प्राथमिकतामा रहेकाे भन्दै सम्बाेधनकाे प्रतिवद्धता जाहेर गरेकाे मन्त्रीकाे सचिवालयले जनाएकाे छ  । महासंघ मुलुकभरका कृषक समूहहरूकाे राष्ट्रिय छाता संगठन हाे । साना किसानकाे मुद्दा स्थापित गर्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएकाे छ ।

महासंघले प्रदेश र स्थानीय सरकार समक्ष पनि कृषिका विभिन्न विषयमा ध्यानाकर्षण गर्दै आएकाे छ ।

सम्बन्धित समाचार

आ.व. २०७७/७८ को कृषि क्षेत्रमा विनियोजित बजेटको समिक्षा 



प्रतिक्रिया दिनुहोस !