२८ मंसिर २०८२, आइतबार

सुनचाँदी बजार ओरालो: तोलामा ३,५०० ले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  15 May, 2025 12:15 pm


काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा उल्लेखनीय कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु ३,५०० ले घटेर रु १,८१,८०० मा कायम भएको छ।

यसअघि बुधबार तोलाको मूल्य रु १,८५,३०० रहेको थियो । यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला रु ३५ ले घटेर रु १,९२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला चाँदी रु १,९६० मा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेर एक औँस रु ३,१६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

व्यवसायीहरूले सुनचाँदीको मूल्यमा आएको गिरावटलाई विश्वबजारमा देखिएको आर्थिक अस्थिरता, डलरको मूल्य तथा लगानीकर्ताको धारणा परिवर्तनसँग जोडेर हेरेका छन् ।



प्रतिक्रिया दिनुहोस !