२५ बैशाख २०८१, मंगलबार

कृषकलाई तत्काल मलखाद र कीटनाशक उपलब्ध गराउन जनता सामाजवादी पार्टीको माग

प्रकाशित मिति :  10 June, 2020 5:15 pm


काठमाडौं, २८ जेठ ।

जनता समाजवादी पार्टीले कृषकलाई तत्काल मलखाद र कीटनाशक तथा अन्य कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै जसपाले धानखेतीको प्रारम्भ नै देशभरी बीउ बीजन, डी.ए पी. तथा यूरियाको चरम अभाव भएको बताएको छ ।

अध्यक्ष महन्त ठाकूरद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘आगामी दिनमा न्यून उब्जनी र खाद्यान्न अभाव तथा भोखमरीको बासले झनै त्रस्त र विचलित हुँदै गएको अवस्थामा तत्काल मलखाद र कीटनाशक तथा अन्य कृषि सामग्रीको उपलब्धता गाउँरगाउँमा सुनिश्चित गराउन सरकारसंग जोडदार मांग गर्दछौं ।’

सरकारको नीति कार्यक्रममा खाद्यान्न कृषिमा आत्मनिर्भर हुने कृषिलाई लाभ मूलक पेशा बनाई कृषि रोजगार मा अभिवृद्धि गर्दै, खाद्यान्न देसाई आत्मनिर्भरता तर्फ जाने लक्ष्य राखिएपनि समस्या यथावत रहेको जसपाको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !