१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

नीति तथा कार्यक्रमलाई प्रदेशका स्रोत व्यवस्थापनमा केन्द्रित बनाउनुपर्ने सुझाव

प्रकाशित मिति :  15 May, 2025 2:50 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीले प्रदेशको समृद्धि र आत्मनिर्भरताका लागि राजश्व व्यवस्थापन र बजेट बाँडफाँडमा ध्यान दिनुपर्ने बताएका छन्।

सदस्य चौधरीले सरकारले राजश्व चुहावट नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै राजश्व चुहावट रोक्न सकिए मात्र प्रदेश आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरे । उनले नीति तथा कार्यक्रमलाई प्रदेशका स्रोत व्यवस्थापन र आन्तरिक आय बढाउने केन्द्रित बनाउनुपर्ने सुझाव दिए ।

बजेट बाँडफाँड समानुपातिक ढंगले गर्नुपर्ने माग गर्दै चौधरीले विगतमा मन्त्रीहरूका निर्वाचन क्षेत्र र जिल्लामा मात्रै बजेट थुप्रिने र अन्य क्षेत्र बेवास्ता गरिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन्।

सदस्य चौधरीले प्रदेशसभामा परिवर्तन विरोधी स्वरहरू उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले राजतन्त्र पुनःस्थापनाको आवाज उठाइनु लोकतान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको अपमान हुने भन्दै यस्ता आवाजलाई अस्वीकार गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !