जडिबुटी संरक्षणमा ध्यान दिन प्रदेश सभा सदस्य दिपेन्द्र पुन मगरको आग्रह
प्रकाशित मिति : 15 May, 2025 5:26 pm
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य दिपेन्द्र पुन मगरले प्रदेश सरकारले वहुवर्षीय योजनाहरूलाई कमजोर बनाउने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।
उनले दीर्घकालीन विकास र स्थायी परिणाम दिने योजना कार्यान्वयनमा प्रदेश सरकार उदासीन देखिएको बताएका छन् । सदस्य पुनले प्रदेशका जंगल र वन क्षेत्रमा पाइने अमूल्य जडिबुटीहरूको संरक्षण र बजारीकरणमा सरकारको ध्यान जानुपर्ने बताए। उनले जडिबुटीलाई स्थानीय रोजगारी र आर्थिक स्रोतमा रूपान्तरण गर्न सके प्रदेश आत्मनिर्भर बन्न सक्ने धारणा राखे ।
उनले सरकारलाई स्रोत व्यवस्थापनमा सक्रियता देखाउन र परिणाम देखिने गरी काम गर्न आग्रह गर्दै जनताले अनुभूति गर्न सक्ने ठोस कार्ययोजना अघि सार्नुपर्ने सुझाव दिए ।








