२२ मंसिर २०८२, सोमबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

गणतन्त्रविरुद्ध भइरहेका षड्यन्त्रप्रति प्रदेश सभा सदस्य खत्रीको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति :  15 May, 2025 5:28 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले आगामी नीति तथा कार्यक्रम र बजेट विगतका वर्षको समीक्षा तथा मूल्याङ्कनको आधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सदस्य खत्रीले नेपाली जनताको बलिदानीबाट प्राप्त गणतन्त्रविरुद्ध भइरहेका षड्यन्त्रहरूको विरुद्धमा परिवर्तन पक्षधर सबै शक्ति एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

उनले हिंसात्मक गतिविधि र दुस्प्रयासमार्फत नेपाली जनतालाई दुख दिने काम भइरहेको भन्दै त्यसप्रति प्रदेश सभाको गम्भीर ध्यानाकर्षण गराए ।

उनले देशमा केही नभएको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै २०४६ सालपूर्व र २०४६ पछि मुलुकमा भएका भौतिक, मानव विकासलगायत परिवर्तनको बहस गर्न माग गरे ।

खत्रीले मुलुक अहिले विकास र समृद्धिको दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू परिवर्तनविरुद्ध सक्रिय रहेको भन्दै सचेत रहन प्रदेश सभामा आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !