११ पुस २०८२, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै : प्रधानमन्त्री ओली सांसदहरूको प्रश्नको दिनेछिन् जवाफ

प्रकाशित मिति :  20 May, 2025 6:22 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेश गर्नुहुनेछ ।

त्यस्तै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।

आजको बैठकमा सरकारको तर्फबाट सांसदहरूका प्रश्नहरूको जवाफ दिनुका साथै विभिन्न विधेयक र प्रतिवेदन प्रस्तुत गरिने क्रम जारी रहने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !