एमाले सचिवालय बैठक आज दिउँसो च्यासलमा बस्दै
प्रकाशित मिति : 25 May, 2025 12:17 pm
काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज आइतबार बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूबारे विस्तृत छलफल हुने पार्टी स्रोतले जनाएको छ। त्यससँगै सरकारको काम कारबाही, पार्टीका आन्तरिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको धारणा तथा गणतन्त्र दिवस मनाउने तयारीसम्बन्धी विषयहरू पनि बैठकको मुख्य एजेन्डामा पर्नेछन्।
सचिवालय बैठकलाई पार्टीको नीति–निर्णयमा मार्गनिर्देशक तहका निर्णयहरू गर्ने अवसरका रूपमा लिइएको छ। पछिल्लो समय देशको राजनीतिक बहसमा सक्रिय रहेको एमालेले पार्टी रणनीति र कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित बैठक आह्वान गरेको हो।








