रोशनी शाही मृत फेला
प्रकाशित मिति : 25 May, 2025 5:40 pm
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।








