शहीद कृष्णसेन इच्छुक स्मृति दिवस मनाइने
प्रकाशित मिति : 26 May, 2025 9:40 pm
लक्ष्मी पाेखरेल,
देउखुरी । राप्ती प्रेस मञ्चले शहीद कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवस तथा गणतन्त्र दिवस मनाउने भएको छ । हालै बसेको कार्यसमितिको बैठकले यी दुबै कार्यक्रमको तयारीका लागि निर्णय लिएको हो ।
स्मृति दिवसका अवसरमा जेठ १३ गते बिहान ७ बजे देउखुरीको भालुवाङस्थित इच्छुकचोक पुलचोक बजारमा रहेको शालिक परिसरमा स्मृति सभा आयोजना गरिनेछ ।
सन् २००३ (२०६० साल) मा राज्यद्वारा शहीद भएका महान् सांस्कृतिक क्रान्तिकारी इच्छुकको योगदानलाई स्मरण गर्दै कार्यक्रम गरिने मञ्चले जनाएको छ।
यसै क्रममा मञ्चले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते सिसहनियाँ बजारमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । गणतन्त्रको संस्थागत विकास र स्मरणका लागि सबैलाई सहभागी भई दीप प्रज्वलन गर्न आग्रह गरिएको छ।








