स्याङ्जाको वालिङमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते
प्रकाशित मिति : 27 May, 2025 10:45 am
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ तल्लो पेखुमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
आज राति करिब १ः२० बजेको समयमा ४५ वर्षीय मुक्तबहादुर थापा आफ्नै घर नजिकै रहेको कुखुराको खोरमा चितुवा पसेको थाहा पाएपछि हेर्न गएका थिए। त्यही क्रममा चितुवाले अचानक आक्रमण गरी उनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।
थापाको टाउको र बाँया हातमा चोट लागेको छ। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि पोखरा रेफर गरिएको छ।
चितुवाले थापाको कुखुराको खोरमा रहेका कुखुरामध्ये २ वटा मारेको र २ वटा घाइते बनाएको प्रहरीको भनाइ छ।








