१९ मंसिर २०८२, शुक्रबार

बुटवलमा डरलाग्दो घटना : पूर्वपत्नी र दुई छाेरीको हत्या

प्रकाशित मिति :  28 May, 2025 9:28 am


दाङ । बुटवल उपमहानगरपालिका–११ स्थित मिलिजुली पथमा ३ जनाकाे हत्या भएकाे छ । ३५ वर्षिय सुजन कोइरालाले पूर्वपत्नी ३३ वर्षिया दीपा बस्याल र दुई छोरीहरू ७ वर्षिया स्मृति बस्याल र ४ वर्षिया हिमानी बस्यालको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीका आज बिहान ४ वजे तीनै जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकाे छ ।

घटनापछि सुजनलाई तत्काल नियन्त्रणमा लिइएको र उनीमाथि अनुसन्धान थालिएको सूचना अधिकारी कार्कीले जानकार दिए । घटनापछि प्रहरीको फरेन्सिक टोली घटनास्थल पुगेको थियो । हत्या किन भयो ? कुनै आपसी झगडा वा सम्बन्ध विच्छेदपछिको मनोवैज्ञानिक असरले यस्तो नृशंस कार्य भएको हो त ? भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !