२० मंसिर २०८२, शनिबार

छापावाल सुनको मूल्यमा ३०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो

प्रकाशित मिति :  1 June, 2025 11:45 am


काठमाडौँ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा समेत सुनचाँदीको मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ । पछिल्ला केही सातायता सुनको मूल्यमा निरन्तर चढाव र घटाव भइरहेका छन् ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय बजारको राजनीतिक तथा आर्थिक अवस्था र माग आपूर्तिका आधारमा दैनिक मूल्य निर्धारण गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !