बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल
प्रकाशित मिति : 2 June, 2025 5:58 pm
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
सोमवार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताए । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताए ।
अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरू आन्तरिक प्रयोग र निर्यात गर्नेकुराबाट पछाडि फर्किन नहुने बताए ।








