विश्व वातावरण दिवसमा ग्लोबल आईएमई बैंकले गर्याे वृक्षरोपण
प्रकाशित मिति : 5 June, 2025 12:52 pm
दाङ । विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेड, घोराही शाखाले वृक्षरोपण गरेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका करिब १५० वटा बिरुवा रोपिएकाे बैंकले जानकारी दिएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, प्रधानाध्यापक मानबहादुर बस्नेत र बैंकका शाखा प्रबन्धक ठेकराज विनाडीले संयुक्त रूपमा वृक्षरोपण गरी कार्यक्रमकाे शुभारम्भ गरेका थिए ।
वृक्षरोपण कार्यक्रममा बैंक घोराही शाखाका सम्पूर्ण कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
शाखा प्रबन्धक विनाडीका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न स्थानमा यस्ता वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।








