६ असार २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  10 June, 2025 12:21 pm


काठमाडौँ । सोमबारको तुलनामा मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रु १,९०,००० मा कायम भएको छ । सोमबार सो मूल्य रु १,९०,६०० रहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि केही गिरावट देखिएको छ । आज एक तोला चाँदी रु २,१५० मा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्यभन्दा रु १५ कम हो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको दर उच्च दरमा रहेको देखिन्छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुनको मूल्य अमेरिकी डलर ३,३१६ मा कारोबार भइरहेको छ ।

विश्लेषकहरूका अनुसार मूल्य घटबढमा अन्तरराष्ट्रिय बजारको उतारचढाव, विदेशी मुद्राको विनिमय दर तथा आन्तरिक मागको असर पर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !