२३ बैशाख २०८१, आइतबार

सांसद गिरिको संविधान संसोधन विधेय खारेजीको सूचना अस्वीकृत 

प्रकाशित मिति :  13 June, 2020 1:52 pm


काठमाडौं,३१ जेठ । 

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरिको प्रस्ताव सभामुख अग्नीप्रसाद सापकोटाले अस्वीकृत गरेका छन् ।

नेपालको नक्शा अनुसार निशान छाप परिवर्तनका लागि दर्ता गरिएको संविधान संसोधन विधेय खारेजीको माग गर्दै गिरिले सूचना दर्ता गराएकी थिईन् ।

तर सूचनामा नियमबमोजिम नभएको भन्दै सभामुख सापकोटाले अस्वीकृत गरेका हुन् । बैठकमा गिरिले संसद् बैठकमा बोल्न खोजेकी    थिईन् । तर सभामुख सापकोटाले उनको सूचना अस्वीकृत भएको जानकारी गराए । उनले विना प्रमाण नेपालले नक्शा जारी गरेको दाबी गर्दै सूचना दर्ता गराएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस !