२० मंसिर २०८२, शनिबार

स्याङ्जामा मादक पदार्थ सेवन गरी टिप्पर चलाउने चालक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  13 June, 2025 12:15 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ तिनधारेस्थित सिद्धार्थ राजमार्गमा मादक पदार्थ सेवन गरी टिप्पर चलाउने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जेठ २९ गते बिहान करिब ६ः३० बजे बा.५ ख. ८४१४ नम्बरको टिप्पर चलाइरहेका चालक २४ वर्षीय आकाश तामाङले मदिरा सेवन गरेका अवस्थामा टिप्पर दुर्घटना गराउनुका साथै अभद्र व्यवहार समेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

तामाङ मकवानपुर जिल्ला, भिमफेदी गाउँपालिका–४ पाङग्राङ स्थायी घर भइ हाल पाल्पा जिल्ला, तिनाहुँ गाउँपालिका–३ मा बसोबास गर्दै आएका थिए।



प्रतिक्रिया दिनुहोस !