१ श्रावण २०८२, बिहिबार

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

प्रदेश सरकारहरूको आर्थिक खाका सार्वजनिक गर्ने संवैधानिक समयसीमा
प्रकाशित मिति :  15 June, 2025 11:38 am


काठमाडौँ । संवैधानिक व्यवस्था बमोजिम सातवटै प्रदेश सरकारले आज आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दैछन् ।

संविधानको धारा २४३ अनुसार प्रदेश सरकारले असार १ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप आजैको दिन बजेट सार्वजनिक गर्न लागिएको हो।

यसअघि संघीय सरकारले आफ्नो बजेट जेठ १५ गते सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरूले संघीय बजेटको समन्वयमा आ–आफ्नो प्राथमिकता र आवश्यकता अनुरूप बजेट तयारी गरेका छन्।

प्रदेश सभाको बैठकमार्फत आर्थिक मामिला तथा योजना मन्त्रीहरूले प्रदेशका वार्षिक नीति, कार्यक्रम र बजेट विवरण प्रस्तुत गर्दैछन्।

प्रस्तुत बजेटमा आय–व्ययको आकार, नीतिगत प्राथमिकता, विकास आयोजनाहरू, रोजगार, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई केन्द्रमा राखिएको अनुमान गरिएको छ।

संघीयता कार्यान्वयनपछि प्रत्येक तहमा बजेटको छुट्टै अभ्यास भइरहेको छ। संघ र प्रदेशले बजेट प्रस्तुत गरेपछि स्थानीय तहहरूले असार १० गतेपछि आफ्नो आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आएका छन्।

आज प्रदेश सरकारबाट सार्वजनिक हुने बजेटमा संघीय सरकारको अनुदान, आन्तरिक स्रोत र ऋण व्यवस्थापनका आधारमा योजना तय गरिनेछ। बजेटमार्फत समावेशी विकास, सुशासन, संघीय समन्वय, दिगो आर्थिक वृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरिने बताइएको छ।

प्रदेश बजेटमार्फत जनताको अपेक्षा र क्षेत्रीय आवश्यकतालाई सम्बोधन गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा लैजाने प्राथमिकता दिइने पनि स्रोतहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !