स्याङ्जाको भीरकोटमा चट्याङले गोठमा क्षति, ४० हजार रुपैयाँको नोक्सानी
प्रकाशित मिति : 16 June, 2025 4:38 pm

स्याङ्जा, । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ९ साउण्डीमा चट्याङले एक खाली गोठमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हिजो राति करिब ८ बजे बम बहादुर मगरको खरको छाना र कच्ची संरचनामा बनेको गोठमा चट्याङ खस्दा गोठको आंशिक भाग जलेर नष्ट भएको हो। घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीको भनाइ छ।
गोठमा लागेको आगोका कारण अनुमानित रूपमा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।