२० बैशाख २०८१, बिहिबार

संविधान संसोधनका क्रममा उपस्थित नहुने १६ सांसद् को को हुन् ?

प्रकाशित मिति :  13 June, 2020 6:57 pm


काठमाडौं,३१ जेठ । नेपालको नयाँ नक्शा अनुसार निशान छाप परिवर्तनका लागि  संविधान संसोधन गर्न प्रतिनिधि सभामा मतदान भयो ।

आजको ऐतिहासिक बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए र सबैले संविधान संसोधनको पक्षमा मतदान गरे । संविधान संसोधनका लागि सबै सांसद बैठकमा उपस्थित हुँदा दुईतिहाई अर्थात १ सय ८४ मत भए पुग्छ । तर राष्ट्रिय सार्वभौमिकता र अखण्डतासँग जोडिएको विषय भएकाले सबै दलले एक मतले संविधान संसोधनको पक्षमा मतदान गरे ।

प्रतिनिधि सभामा संसदको कूल संख्या भने २ सय ७५ हो । त्यसो भए अरु सांसद कहाँ गए त ? संसद सचिवालयको तथ्याङ्क अनुसार १२ जना मतदानमा अनुपस्थिति भए ।

अनुपस्थित हुने सांसदहरुमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम,दुलारीदेवी खत्वेनी,धनबहादुर बुढा,नागेन्द्रकुमार चौधरी,प्रमोद साह,शिवकुमार मण्डल, सरिता गिरी,सूर्यनारायणण यादव,सूर्यबहादुर केसी,हरिबोल गजुरेल,ज्ञानकुमारी छन्त्याल थिए । सांसद सरिता गिरि बैठकमा उपस्थित थिईन् तर आफ्नो प्रस्ताव अस्वीकृत भएपछि बाहिरिन् । मत विभाजनपहिले नै बैठक छोडेकाले उनीपनि अनुपस्थित सांसदभित्र परिन् ।

१२ जना संसाद आफै अनुपस्थित रहेर ऐतिहासिक अवसरमा मतदान गर्ने अवसर गुमाए तर केही सांसद भने निलम्बन भएका कारणले मतदानमा भाग लिन पाएनन् । निलम्बित सांसदहरुमा विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम हरिनारायण रौनियार,रेशम चौधरी थिए ।  अग्नि प्रसाद सापकोटा सभामुख भएकाले मतदान गर्न पाउँदैनन् । उनको मत निर्णायक अवस्थामा मात्रै प्रयोग हुने गर्दछन् ।

तर नियम अनुसार तत्काल उपस्थित संख्यालाई गणपुरक मानिने हुनाले अनुपस्थित सांसदको संख्या गणना हुँदैन ।



प्रतिक्रिया दिनुहोस !