२७ बैशाख २०८३, आइतबार

स्याङ्जामा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी, २७ वर्षीय युवक पक्राउ

प्रकाशित मिति :  19 June, 2025 6:52 pm


स्याङ्जा । स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर ३, कराम्दीका २७ वर्षीय सूर्य मिजार जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

पीडित ४० वर्षीया महिलाको जाहेरीका आधारमा प्रहरीले मिजारलाई असार ५ गते फेदिखोला गाउँपालिका आरूखर्कबाट लुकिछिपी हिँड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। घटना गत असार ४ गते दिउँसो करिब २ः३० बजे घटेको प्रहरीले जनाएको छ।

अनुसार, मिजारले परिवर्तित नाम राखिएकी पीडित महिलालाई घरमै रहेका बेला बलात्कार गरेको आरोप छ। पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार पक्राउ परेका मिजारमाथि स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।



प्रतिक्रिया दिनुहोस !