६० किलो अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधमा फरार अमला रोका पक्राउ
प्रकाशित मिति : 20 June, 2025 5:34 pm
काठमाडौँ । ६० किलो अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधमा फरार अमला रोका पक्राउ परेकी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रोकालाई काठमाडौँको टोखा नगरपालिका वडा नंम्बर ३ सुर्यदर्शन टोलबाट पक्राउ गरेको हो ।
रोकालाई आज पक्राउ गरिएको व्युरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँमा बुझाइने व्युरोले जनाएको छ ।
रोका रोल्पाको थवाङ गाउँपालिका वडा नं. २ स्थायी ठेगाना भइर हाल काठमाडौँको टोखामा बस्दै आएकी थिइन । उनले बेल्जियम नागरिकसँग बिहे गरेकी थिइन् ।
उनका पति थुनामा छन् ।
उनी २०८०/०४/२ गते बरामद भएको सुनको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेकी थिइन ।








