२० मंसिर २०८२, शनिबार

चितवनकाे खहरे पुलमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु

प्रकाशित मिति :  21 June, 2025 12:51 pm


चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनकाे राप्ती नगरपालिकाको खहरे पुलमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएकाहरुकाे पहिचान खुलेकाे छैन । घाइतेहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज तथा भरतपुर अस्पतालमा भर्ना गरिएको छ । केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !