१९ मंसिर २०८२, शुक्रबार

टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं

प्रकाशित मिति :  22 June, 2025 11:17 am


काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी–इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन्र ।

टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले यस्तो बताएका हुन्र ।

भेटमा एर्दोगानले इरान र संयुक्त राज्य अमेरिका बीचको प्राविधिक–स्तरीय र उच्च–स्तरीय वार्ता दुवैमार्फत कूटनीतितर्फ तत्काल कदम चाल्नुपर्ने बताए । उनले क्षेत्रले अर्को युद्ध सहन नसक्ने बताउँदै इजरायलको कार्यहरू तुरुन्तै अन्त्य गर्न आह्वान गरे । टर्कीका राष्ट्रपतिले आणविक विवादको समाधान कुटनीतिक वार्तामार्फत गरिनुपर्ने कुरामा पनि जोड िदए । NAN



प्रतिक्रिया दिनुहोस !