१९ मंसिर २०८२, शुक्रबार

रोल्पा सुनछहरी गाउँपालिकाको आन्तरिक कमाइ रु ५५ लाख हुने,बजेटको ठुलो हिस्सा चालु खर्चमै

प्रकाशित मिति :  26 June, 2025 7:32 am


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले यसपटक आन्तरिक आय १० लाख रुपैयाँ बढ्ने अनुमान गरेको छ ।

चालु आर्थिक आर्थिक वर्षमा आन्तरिक आय ४५ लाख अनुमान गरेकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक आय ५५ लाख हुने अनुमान गरेको छ ।

आन्तरिक श्रोत कमजोर रहेको गाउँपालिकाले ठुलो हिस्सा रकम चालु खर्चका लागि छुट्टाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्वबाट ४५ लाख रुपैयाँको अनुमानसहित ४० करोड ६३ लाख २६ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आन्तरिक श्रोत ५५ लाख रुपैयाँको अनुमानसहित ४४ करोेड २४ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि पालिकाले बजेटको ठुलो हिस्सा चालु खर्चतर्फ ३३ करोड १२ लाख ३७ हजार अर्थात ७४.८७ प्रतिशत रकम छुट्टाएको छ ।

पुँजीगत तर्फ भने ११ करोड ११ लाख ६४ हजार अर्थात २५.१३ प्रतिशत मात्रै रहेको छ । आन्तरिक श्रोत कमजोर रहेको सुनछहरीले ठुलो हिस्सा चालु खर्चमै खर्च हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !