२० मंसिर २०८२, शनिबार

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियाे

प्रकाशित मिति :  27 June, 2025 5:35 pm


काठमाडौँ । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जनाएको छ ।

काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरिएको उल्लेख छ। लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन् ।

जसपा नेपालले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !