स्याङ्जामा लागू औषधसहित एक महिला पक्राउ
प्रकाशित मिति : 30 June, 2025 11:26 am
स्याङ्जा । स्याङ्जामा लागू औषध गाँजा जस्तो देखिने ७१८ ग्राम वस्तुसहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले विशेष सूचनाको आधारमा पुतलीबजार नगरपालिका–३, ढडुवा बस्ने ४२ वर्षीया पुष्पा मल्ललाई पक्राउ गरेको हो।
२०८२ असार १४ गते मल्लले गाँजा बेचबिखन गर्ने उद्देश्यले आफ्नो घरमा लुकाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा झोलाभित्र लुकाई राखिएको अवस्थामा लागू औषध जस्तो देखिने ७१८ ग्राम वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेकी मल्ललाई थप अनुसन्धानका लागि असार १५ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।








