१९ मंसिर २०८२, शुक्रबार

वडा सदस्यको निधनमा राप्ती गाउँपालिकामा शोक

प्रकाशित मिति :  1 July, 2025 2:13 pm


दाङ । दाङको राप्ती गाउँपालिका–२ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको मंगलबार बिहान असामयिक निधन भएको छ । ६५ वर्षिय रावतको आफ्नै निवास मुक्तिनगरमा बिहान साढे ४ बजे निधन भएको वडाध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन्।

वडाध्यक्ष चौधरीका अनुसार रावत शौचालयबाट बाहिर निस्किएपछि अचानक टाउको दुख्ने गुनासो गर्दै बेहोस भएका थिए । तत्कालै भालुवाङ अस्पताल लैजाने प्रयास भए पनि बाटोमै उनको निधन भएको डा. आकाश बेल्वासेले जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार उच्च रक्तचापका कारण हृदयघात (हर्ट अट्याक) भई उनको मृत्यु भएको हुन सक्ने चिकित्सकको भनाइ छ।

वडा सदस्य रावतको निधनले राप्ती गाउँपालिका शोकमा डुबेको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै रावतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

उनको सम्मानमा मंगलबारका लागि गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, विद्यालय तथा मातहतका संस्थामा शोक बिदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

समाजसेवी र जनप्रतिनिधिका रूपमा सक्रिय रहेका रावतको निधनले गाउँले समुदायमा अपूरणीय क्षति भएको गाउँलेहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !