१९ मंसिर २०८२, शुक्रबार

भीरकोट नगरपालिकाका उत्कृष्ट नौ कृषक सम्मानित

प्रकाशित मिति :  3 July, 2025 4:39 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले विभिन्न कृषि विधामा योगदान गर्ने कृषकहरूलाई सम्मान गरेको छ। हिजो नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा नौ जना कृषकलाई ‘उत्कृष्ट कृषक’ घोषित गरी सम्मान गरिएको हो।

नगरपालिकाले गत जेठ १९ गते आवेदन आव्हान गरी असार २ गतेसम्म पेश भएका आवेदनहरूको स्थलगत अनुगमन र मुल्यांकन गरेको थियो। असार १६ गते बसेको छनोट समितिको बैठकले कुल १८ आवेदनमध्ये नौ जना कृषकलाई विभिन्न विधामा उत्कृष्ट घोषित गरी सम्मान गर्ने निर्णय गरेको थियो।

सम्मानित कृषकहरूमा भेमराज रेग्मी (बाख्रा पालन), शिव खत्री क्षेत्री (भैसी पालन), डिल बहादुर गुरुङ (नवीनतम कृषि कार्य), कमला गोदार (गाई पालन), श्याम प्रसाद अर्याल र शालिग्राम अर्याल (फलफूल खेती), ननिता अर्याल (राना) (खाद्यान्न तथा नगदे बाली), कृष्ण बहादुर अधिकारी (फलफूल नर्सरी) र लोक बहादुर खत्री (तरकारी खेती) रहेका छन् ।

कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कृषि शाखा तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्मान गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !