२० मंसिर २०८२, शनिबार

स्याङ्जामा जबरजस्ती करणी उद्योग मुद्दाका फरार कसूरदार पक्राउ

प्रकाशित मिति :  3 July, 2025 5:05 pm


स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दामा फरार रहेका एक कसूरदारलाई पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाबाट ३ वर्ष ६ महिना कैद र रु १ लाख ५० हजार जरिवाना तोकिएको ध्रुवराज भण्डारीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने भण्डारी स्याङ्जा चापाकोट नगरपालिका वडा नम्ब। ९ सुन्तलीटार बस्ने ५० वर्षीय व्यक्ति हुन्। उनले अदालतबाट तोकिएको सजाय र जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो।



प्रतिक्रिया दिनुहोस !