२६ असार २०८२, बिहिबार

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

प्रकाशित मिति :  4 July, 2025 4:33 pm


काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई कुनै संशोधन नगरी पारित गर्न प्रस्ताव पेस गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले अनुमोदन गर्दै विधेयक मूल रूपमै पारित गरेको हो ।

विधेयक पारितसँगै राष्ट्र ऋण व्यवस्थापनसम्बन्धी ऐनलाई अद्यावधिक गर्न सरकारले चालेको कानुनी प्रक्रिया एक कदम अगाडि बढेको छ। अब यो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता पठाइनेछ ।

सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट आवश्यक ऋण उठाउने कार्यलाई कानुनी आधारमा स्पष्ट र सुदृढ बनाउन यो विधेयक ल्याएको हो ।

राष्ट्र ऋण उठाउने प्रक्रिया, त्यसका सीमा, शर्त तथा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यसहित विधेयक प्रस्तुत गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

विधेयकले ऋण लिने विषयमा संसद्‌को भूमिका, ऋणको प्रयोगका प्राथमिकता र भुक्तानी संयन्त्रका विषयमा पनि स्पष्ट व्यवस्था गरेको छ ।

यसअघि प्रतिनिधि सभाले राष्ट्र ऋण उठाउने विधेयक पारित गरी राष्ट्रिय सभामा सन्देश पठाएको थियो । अब दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !