२० मंसिर २०८२, शनिबार

मोटरसाइकल दुर्घटनामा परी दाङमा दुई किशोरको मृत्यु

प्रकाशित मिति :  15 July, 2025 6:57 am


दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही सडकखण्डअन्तर्गत सिस्नेखोला पुलमा सोमबार साँझ भएको दुर्घटनामा गढवा गाउँपालिका–८ का १८ वर्षिय रोहित विक र १६ वर्षिय निशान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार रामपुरबाट घोराहीतर्फ गइरहेको रा७प ३२७० नम्बरको मोटरसाइकल साँझ करिब ७ बजे घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोला पुलमा आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पुर्‍याइएको थियो तर उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेका दुबै जना किशोरका शव प्रतिष्ठानको शवगृहमा राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !