घुसको अडियो सार्वजनिक भएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रकाशित मिति : 15 July, 2025 11:40 am
काठमाडौं । घुसकाे डिल गरेको अडियो सार्वजनिक भएर विवादमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध सँगै सदनमा विपक्षी दलहरुले राजीनामा र कारबाही गर्न माग गरेका थिए ।
अडियो सार्वजनिकबारे भने उनले आफू प्रविधिको प्रयोगको शिकास भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्।
“कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए,” मन्त्री गुप्ताले लेखेका छन्, “अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।”








