२८ मंसिर २०८२, आइतबार

कागेश्वरी मनोहराको विन्ध्यवासिनी मन्दिरमा राधा-कृष्ण र सरस्वती माताको मूर्ति अनावरण

प्रकाशित मिति :  17 July, 2025 12:13 pm


काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८, खोरसनिबारी, गोठाटारस्थित विन्ध्यवासिनी मन्दिरमा राधा–कृष्ण र भगवती सरस्वतीको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा समारोह सम्पन्न गरिएको छ।

नेपाल–भारत मैत्री समाजको पहलमा स्थापना गरिएका मूर्तिहरूको अनावरण कार्यक्रममा नगरपालिकाका मेयर उपेन्द्र कार्की प्रमुख अतिथि तथा नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा शताब्दी पुरुष डा.गौरीशंकर लाल दास, राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय अध्यक्ष विजय प्रकाश निषाद, नेपाल विश्व हिन्दू महासंघका केन्द्रीय महासचिव डा. अभिषेक तिवारी, वार्ड अध्यक्ष हरिभक्त पुडासैनी, स्थानीय समाजसेवी, बुद्धिजीवी, श्रद्धालु र वरिष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै अध्यक्ष प्रेम लस्करीले गोठाटारमा रहेका वरिष्ठ नागरिकहरूलाई पुस्तकालयलगायत विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको र सोही परिसरभित्र रहेको मन्दिरमा राधा-कृष्ण तथा सरस्वती माताको मूर्ति प्रदान गरिएको जानकारी दिए। उनले यस्ता सेवा कार्यहरू आगामी दिनहरूमा पनि निरन्तर रूपमा जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !