स्याङ्जामा जवरजस्ती करणी मुद्दामा फरार दर्जी पक्राउ
प्रकाशित मिति : 17 July, 2025 1:16 pm
काठमाडौँ । स्याङ्जामा जवरजस्ती करणी मुद्दामा फरार रहेकी एक जना दोषी पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर १३ की ५४ वर्षीया खुम कुमारी दर्जी (खुमा) लाई पक्राउ गरेको हो।
स्याङ्जा जिल्ला अदालतले वैशाख १६ गते खुमालाई जवरजस्ती करणीसम्बन्धी कसूरमा २ महिना २३ दिन कैद सजायको फैसला सुनाएको थियो। फैसला पश्चात फरार रहेकी खुमालाई प्रहरीले साउन १ गते पक्राउ गरी कैद भुक्तानको लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
स्याङ्जा प्रहरी कार्यालयका अनुसार अदालतका फैसलाको कार्यान्वयनलाई प्रभावकारी बनाउन, न्यायिक प्रक्रिया पूर्णता दिन तथा सुरक्षित र न्याययुक्त समाज निर्माण गर्न खोजिएको सन्देशसहित पक्राउ प्रक्रिया अघि बढाइएको हो।








