श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एकजना पक्राउ
दाङ । श्रीमतीको हत्या अभियोगमा दाङमा एकजना पक्राउ परेका छन् । जिल्लाकाे बंगलाचुली गाउँपालिका–४ निवासी ३८ वर्षिय जागेश्वर पुनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार बिहीबार राति मादक पदार्थ सेवनपछि पारिवारिक झगडा हुँदा पुनले लाठी प्रहार गर्दा ५० वर्षिया श्रीमती गोमा पुनको मृत्यु भएकाे हाे ।
घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको छ। डिएसपी शाहले पुनलाई नियन्त्रणमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले घटनास्थलको मुजुल्ल विवरण संकलन गरिसकेको छ भने मृतकको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ । नियमित घरेलु हिंसाको शिकार महिलामाथि ज्यानै जाने गरी आक्रमण हुनु दुःखद भएको स्थानीयले बताएका छन् ।








