१९ मंसिर २०८२, शुक्रबार

अरनिको राजमार्गको जुरेमा पहिरो जाँदा सडक अवरुद्ध

प्रकाशित मिति :  20 July, 2025 12:23 pm


काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गको अन्तर्गत जुरे सडक खण्ड अवरुद्ध भएको छ ।

पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ ।

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोसँगै जुरेमा बिजुलीको प‍ोलसमेत ढल्दा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनएको छ।



प्रतिक्रिया दिनुहोस !