पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
प्रकाशित मिति : 21 July, 2025 2:25 pm
काठमाडौँ । पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीकी ७४ वर्षिया महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ८ दिनअघि संक्रमण पुष्टि भएको थियो ।








